धरान : धरान १७ रहेको श्री सम्यक् शिक्षा आधारभूत विद्यालयलाई कम्प्युटर टेबल र कम्प्युटर सहयोग प्रदान गरेको छ ।

हिमालयन बैङ्क लिमिटेड धरान शाखाले सात थान कम्प्युटर टेबल सहयोग गरेको छ भने प्राइम भिजन इन्टुसुट एण्ड होटल मेनेजमेन्ट धरान ९ ले तीन थान कम्प्युटर सहयोग प्रदान गरेको छ ।

हिमालयन बैङ्क लिमिटेड धरान शाखाको शाखा प्रबन्धक सुरज श्रेष्ठ भन्नुहुन्छ “हामीलाई यस विद्यालयको वातावरण धेरै राम्रो लागेको छ । हामीले अहिले ४ हजार ५ सय बराबरको सात थान कम्प्युटर र टेबल सहयोग गरेको छौ । भविष्यका कर्णधारहरूको भविष्य बनाउने तपाईँहरूको हातमा छ । उनले भने ,राम्ररी पढाउनु होला आउने दिनहरूमा पनि हामी सहयोग गर्ने वाचा गर्दछु ।”

सो कार्यक्रममा प्राइम भिजन इन्टुस्ट एण्ड होटल मेनेजमेन्ट धरान ९ ले विद्यालयलाई कम्प्युटर शिक्षा प्रभावकारी रूपमा अगाडि बढाउनको लागि तीन थान कम्प्युटर सहयोग प्रदान गरेको हो ।

प्राइममा तेस्रो व्याजमा अध्ययनरत विद्यार्थीहरूले माघ १९, २० र २१ गते तीन दिन फुड फेस्टिभलको आयोजनाबाट सङ्कलन गरेको रकमबाट विद्यालयलाई तीन थान कम्प्युटर सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठले बताए ।

हाल सो विद्यालयमा बाल विकास देखि कक्षा सातसम्म अध्यापन भइरहेको छ भने १ सय ८६ जना सुकुम्वासी बालबालिकाहरू अध्ययन गरिरहेका छन् । सो विद्यालयमा तीन वटा मात्र दरबन्दी रहेको छ ।