इटहरी : नेकपा ओली समूहको विराटनगरमा आयोजित जनसभामा सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड नेपाल खनाल कम्पनीले देशलाई बरबाद पारेको बताएका छन् ।

ओली कित्ता समृद्धि र विकासको पक्षमा भएकोले कुनै प्राइभेट कम्पनीको पक्षमा नलाग्न आग्रह गरे । ओली समूहले गरेको भेलामा प्रदेश १ भरीका ५० हजार बढी कार्यकर्ता भेला भएका छन् । कार्यक्रममा स्वगत मन्तव्य राखेका राईले ओली कित्ताले मात्र देश विकास र समृद्धिको यात्रा तय गर्ने दाबी गरे ।

प्रचण्ड नेपाल समूह जहिल्यै पनि अस्थिरता र अराजकताको पक्षमा भएको भन्दै मुख्यमन्त्री देखी प्रधानमन्त्री हटाउने खेलमा लागेर अहिलेको अवस्था सृजना भएको उनको भनाई छ ।