इटहरी : नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको वृहत् जनसभामा सम्बोधन गर्दै संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले संसद् बिघटन प्रधानमन्त्रीको अधिकार रहेको बताएका छन् ।

संसद् बिघटन पछि अहिलेसम्म आफ्नो धारणा सार्वजनिक नगरेका उनले प्रधानमन्त्रीको हबला दिँदै संसद् बिघटन प्रधानमन्त्रीको अधिकार रहेको बताए ।

‘म आफू भन्दिन । प्रधानमन्त्री ज्यु माथि मलाइ धेरै विश्वास छ । म आफू त भन्दिन । म कानुनको विद्यार्थी हुँ । तर प्रधानमन्त्री भन्नुहुन्छ संसद् बिघटन मेरो अधिकार हो । म कानुनको विद्यार्थी हुँ । म धेरै बोल्दिन, उनले भने ।

‘एमसीसीको प्रस्ताव संसद्मा प्रवेश गर्न दिइएन । यस्तो अवस्थामा कसरी काम गर्ने तपाईँहरू आफै भन्नुस् । प्रधानमन्त्री ज्यु भन्नुहुन्छ 'जनता भन्दा ठुलो यो देशमा को हो रु वहाँको आकाङ्क्षा छ जनताको अभिमतले अब निर्णय गर्छ अब के गर्ने भनेर' उनले भने ।

यही फाल्गुन १५ गतेभित्रमा सर्वोच्चको फैसला आउने उनले प्रस्ट पारे । आफू कानुनको विद्यार्थी भएको भन्दै सर्वोच्च अदालतमा मुद्धा परेको विषयमा संसद्मा पनि बोल्न नपाइने तर केही थान पूर्व प्रधानमन्त्रीहरुले सर्वोच्च अदालतको अगाडी बसेको देखेर आफू छक्क परेको बताए ।

यी न्यायधिसले हामीले सोचेजस्तो फैसला गरेनन् भने सर्वोच्चबाट थुतेर ल्याउँछु भनेजस्तै गरेर अगाडी बढ्नु लज्जास्पद भएको उनको तर्क छ । ‘पक्कै पनि साथीहरूले अदालतलाई धम्क्याएको त हैन होला ।,

उनले भने 'अदालतमा विचाराधीन मुद्दालाई लिएर बाहिर बसेर गर्न मिल्दैन । ओलीले भारतीय टेलिभिजनलाई अन्तरवार्ता दिएर नेपालीहरूको शिर उच्च पार्नुभएको छ ।’

‘जनताको बिचमा जाउँभन्दा कसरी प्रतिगमन भयो रु जनता सँग गएपछि पुनः नयाँ संसद् बन्ने वाला छ ।,’ उनले भने, ‘केपी ओलीले प्रतिबद्धता गरे अनुसार नै संविधान बनेको र कार्यनयको चरणमा रहेको छ । केपी ओलीको नेतृत्वमा नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । अब परीवर्तको लागी आन्दोलन गर्नुंपर्दैन ।’

प्रचण्ड-नेपाल समूह ‘गुटबादी र फुटबादी’ भएको गृहमन्त्री बादलको आरोप

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड-नेपाल समूहलाई गुट बादी र पुटवादीको आरोप लगाएका छन् ।

प्रचण्ड प्रति निकै आक्रोशित देखिएका उनले गुट बादी र अवसरवादीले देशलाई बरबाद पारेको बताए । प्रचण्ड प्रति आक्रोशित देखिएका उनले कार्यक्रमको सुरुमै प्रधानमन्त्री ओलीको खुलेर प्रशंसा गरेका थिए ।

‘प्रदेश नम्बर १ लोकतन्त्रको लागी डेढ दशक सम्म जेल बस्ने र योगदान गर्ने सपुत जन्माउने प्रदेश हो।' उनले भने 'कुनै पनि शक्तिको अगाडी नझुक्ने देशभक्त जन्माउने प्रदेश हो । १ नम्बर क्रान्तिकारी १ नम्बर देशभक्त जन्माउने प्रदेशलाई हार्दिक अभिवादन गर्न चाहन्छु ।’

नेकपा भित्रै लुकेका अवसरबादीहरुले देशलाई बरबादी तर्फ धकेलेको उनको आरोप छ । तिनै फुटबादीहरुले गर्दा बाह्य शक्तिहरु खेलिरहेको उनको भनाई छ ।

‘देशलाई अस्थिरता तिर धकेल्न खोज्ने प्रतिगामीहरू उत्साहित भइरहेका छन्' उनले भने, ‘अर्का तीर यो जो स्थिति उत्पन्न भएको छ, त्यसबाट जनताहरू आक्रोशित भएका छन् ।'

गुट बादी र फुटबादीहरु अहिले गोयबल्सको हिसाबमा प्रचार गरीरहेको उनले बताए । प्रचण्ड नेपाल समूहले जर्मनका क्रूर शासक हिट्लरका प्रचार मन्त्री गायबल्सको हिसाबमा प्रचार गरीरहेको उनको आरोप छ ।

‘जनताको अभिमत लिने काम कसरी प्रतिगामी हुन्छ रु’ उनले प्रश्न गरे । निश्चित रूपमा सरकार र पार्टीको नेतृत्व हत्याउन खोज्नेहरुनै अहिले प्रतिगमनको विरुद्धमा लागेको भन्न नसुहाउने उनले बताए ।

‘संसद् बिघटन ऐतिहासिक र अग्रगामी कदम हो ।, उनले थपे, सो संवैधानिक कदम हो । यस विषयमा संविधानसभाका सभामुख सुवास नेम्वाङले भनीसकेका छन् । आजको यो विशाल जनसभाले सरकारको कदमको अनुमोदन गरेको छ ।’

जनताको ताजा जनादेश दिने काम सबैको लागी अवसर भएको उनले प्रस्ट पारे । वैशाख १७ र २७ गते हुने निर्वाचनमा आउने उनले आग्रह गरे । देश चुनावमा होमिएकोले अब निर्वाचनको विकल्प नरहेको बताए ।