धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका-८ का १४ वर्षीय प्रज्वल राईको बालुवा र माटो सहितको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । 

आज दिउसो १ बजे बराहक्षेत्र-८ सालबन्दीमा स्थित कोसी नदिको किनारमा रहेको पानी जमेको भौडीको  डिलमा खेल्ने क्रममा अचानक प्रज्वललाई बालुवा र माटो सहितको ढिस्को झरी पुरेको थियो ।

माटोको ढिस्कोले पुरेको स्थानीयले देखी तत्काल उपचारार्थ बराहक्षेत्र नगर अस्पतालमा लगिएको र उपचारको क्रममा बालक प्रज्वलको दिउसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

साथै उनी  सँगै खेल्ने गएका उनकै भाइ १० वर्षीय राजन राई समेत पुरिएर घाइते भएकोमा उनलाई थप उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ ।