उर्लाबारी : मोरङको उर्लाबारीमा आज साँझ करिब साढे ७ बजेको समयमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा उर्लाबारी ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको मृत्यु भएको उर्लाबारी ट्राफिक प्रमुख टायम सिवाकोटीले जानकारी दिए ।
प्रदेश १-००१क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आएको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        