विराटनगर : प्रदेश १ प्रदेशसभा बैठकमा सत्तापक्ष उपस्थित नहुने सङ्केत देखिएको छ ।

आजको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । सभामुख भण्डारीले बैठक स्थगित नगर्ने अडान लिएका थिए । दिउँसो २ बजेको प्रदेशसभाको बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

सचिवालयले जारी गरेको कार्यसूचीमा अविश्वासको प्रस्तावको विषयमा छलफल हुने उल्लेख छ । सभामुखले अविश्वासको प्रस्तावका बारेमा छलफल गराउन चाहेपछि सत्तापक्षका सांसदहरू मुख्यमन्त्री कार्यालयमा भेला भएका छन् । सत्तापक्षको बैठकका लागि भेला भएको सो समूहका एक जना सांसदले बताएका छन् ।

यता, सत्तापक्षले छुट्टै बैठक गरेपछि त्यसबाहेकका दल तथा विपक्षीहरू सभामुखसँग छलफलमा जुटेका छन् । बैठक स्थलमा सत्तापक्षका कसैको अहिलेसम्म उपस्थिति छैन ।