विराटनगर : प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको तेस्रो बैठक पनि आज मुख्यमन्त्री सेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पेस भएको केही समयमै स्थगित भएको छ ।

निर्धारित समय भन्दा धेरै ढिलो सुरु भएको प्रदेश सभा बैठकमा सत्ता पक्षका नेकपाका सांसदहरूको उपस्थिति भएन ।

ओली समूहबाट हिकमत कार्कीले सभामुख प्रदीप भण्डारीलाई अवधारणा पत्र पेस गरेका थिए भने उता प्रचण्ड-माधव पक्षबाट इन्द्र आङबोले अविश्वासको प्रस्ताव पेस गरे ।

प्रदेशसभा बैठक सुरु भएको करिब ६ मिनेटमा बैठक आगामी फागुन २० गते बस्ने गरी सभामुख प्रदीप भण्डारीले स्थगित गरेका छन् ।

नेकपा विभाजनको आधिकारिकता नपाइरहेको वर्तमान अवस्थामा बैठक बसेर निर्णय गर्न नहुने भन्दै ओली समूहका सांसदहरू बैठकमा उपस्थित नभएको बताइएको छ ।