धरान : मोरङ र सिराहामा लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मोरङको कटारी गाउँपालिका २ का ३३ वर्षीय धनिराम चौधरी, कटारी ४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डललाई खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउसो साढे ३ बजे कटारी गाउँपालिका ४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन ८ ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै सिराहाको मिर्चैया नगरपालिका ६ बस्ने २८ वर्षीय ब्रमदेव यादव लागुऔषध डाइलक्स डिसी सहित पक्राउ परेका छन् ।

हिजो साँझ साढे ५ बजे यादवलाई स ८ प ४५३७ नम्बरको मोटरसाइकलमा मिर्चैयाबाट कटारी जाँदै गरेको अवस्थामा कटारी नगरपालिका १ चुरे स्थित जङ्गलमा प्रहरी टोलीले चेक गर्दा डाइलक्स डिसी थान २७ सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।