धरान : धरान उपमहानगरपालिकाको नगर सभा स्थल अगाडि खानेपानीको माग गर्दै प्रदर्शन भएको छ ।

धरान १६ र १९ का वडाध्यक्षहरूको अगुवाइमा प्रदर्शन भइरहेको एक कार्यपालिका सदस्यले बताए ।

मेयरले खानेपानी समस्या समाधानकालागी ठोस प्रस्ताव नआए नगर सभा सुरु हुन नदिने धरान १९ का वडाध्यक्ष पूर्ण बहादुर लिम्बूले बताए ।