धरान : धरान उपमहानगरपालिकाले धनकुटे रोडको खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ ।

धरान उपमहानगरपालिकाको योजना शाखाका अनुसार खाल्डाखुल्डी पुर्नका लागि ५ लाख रुपैयाँ बजेट छुट्टाएर कालोपत्रे गर्ने तयारी गरेको हो ।

विपी प्रतिष्ठान जानका लागि मुख्य बाटोको रूपमा रहेको यस बाटोमा खाल्डाखुल्डीका कारण बिरामी तथा अस्पताल जाने मानिसहरूलाई समस्या हुने गरेको थियो ।

५ लाख रुपैयाँ बजेट छुट्टाएर कालोपत्रे ( पिच ) गर्नुभन्दा अगाडीको (खाल्डाखुल्डी पुर्ने) काम हिजो देखि थालिएको उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘धनकुटे रोडको खाल्डाखुल्डी पुर्ने काम सुरु भयो, पिच गर्नका लागि धेरै खर्च लाग्छ, अन्य स्रोतबाट पिच गर्ने योजना बनाउँछौँ ।’

कालोपत्रे ( पिच ) गर्नका लागि ५ लाखभन्दा बढी बजेट ल्याउन टेन्डरको प्रक्रियामा जानुपर्ने भएकोले लगभग २ महिना लाग्ने इन्जिनियर श्रेष्ठले बताए ।