विराटनगर : प्रदेश १ मा २०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३७, सुन्दरहरैचा र लेटाङमा ४-४, उर्लाबारीमा ३, केराबारीमा २, सुनबर्षी र ग्रामथानमा १-१, झापाको दमकमा ११, भद्रपुरमा ९,बिर्तामोडमा ६, कचनकवलमा २, हाल्दिबारी, शिवसताक्षी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा १९, धरानमा ६ र वराहक्षेत्रमा १, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिबासमा १-१, खोटाङको खोटेहाङ, इलामको चुलाचुली, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।