इटहरी :  ३३ वर्षअघि देखि कार्यरत इटहरीका तीन जना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित बिदाइ गरेको छ ।

६० बर्षे उमेर हदका कारण अवकाश पाएका विष्णुतारा नेपाली, गङ्गादेवी नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बिदाइ गरेका थिए ।

स्वयंसेविकाहरुलाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा प्रमुख चौधरीले स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा समेत गरे ।

उनले भने “राष्ट्र निर्माणका लागि स्वास्थ्य जनशक्तिको आवश्यकता पर्छ, स्वास्थ्य जनशक्ति निर्माणमा उहाँहरूको भूमिका प्रशंसनीय छ ।”

इटहरीमा हाल १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन् ।