प्रदेश १ मा २३७ जनामा कोरोना सङ्क्रमण २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु

  • भदौ २७, २०७८
  • १५९ पटक पढिएको
  • कपुरी न्युज
alt

विराटनगर : प्रदेश १ मा २३७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथरमा २, धनकुटा, भोजपुर, उदयपुर, सङ्खुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २६, बेलबारीमा ४, उर्लाबारीमा २, ग्रामथान र पथरीशनिश्चरे १-१, झापाको बिर्तामोडमा ११, अर्जुनधारामा १०, मेचीनगर र कनकाईमा ९-९, दमकमा ८, शिवसताक्षीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ३-३, गौरादह, बाहृदशी र झापा गाउँपालिकामा २-२, भद्रपुर, कचनकवल र हल्दिबारीमा १-१, सुनसरीको इटहरीमा २७, वराहक्षेत्रमा २, बर्जू, रामधुनी र गढीमा १-१, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको हिलिहाङ र फिदिममा १-१, धनकुटाको चौबिसे, भोजपुरको आमचोक, उदयपुरको बेलका, सङ्खुवासभाको खाँदवारि र प्रदेश १ बाहिरका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६१ महिला र १४३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved