धरान : झापाको भद्रपुर नगरपालिका ८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय सुमन तामाङ रहेका छन् । हिजो दिउसो ३ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।