विराटनगर : प्रदेश १ मा ३६६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, सङ्खुवासभा र इलाममा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७४, बेलबारीमा ११, बुढीगंगामा ७, सुन्दरहरैचामा ६, कटहरी र उर्लाबारीमा ३-३, पथरीशनिश्चरे र धनपालथानमा २-२, रतुवामाई र मिक्लाजुङमा १-१, सुनसरीको इटहरीमा ५०, धरानमा १७, रामधुनीमा ७, इनरुवामा ४, वराहक्षेत्र, देवानगञ्ज र दुहबीमा १-१, झापाको दमकमा १६, भद्रपुरमा १३, बिर्तामोडमा ७, शिवसताक्षी र कमल गाउँपालिकामा ५-५, हाल्दिबारी र मेचीनगरमा ३-३, गौरीगञ्जमा २, गौरादह, अर्जुनधारा र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, उदयपुरको चौदण्डीगढी, सङ्खुवासभाको पाँचखपन र इलामको चुलाचुलीमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २०९ महिला र २०३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।