झापा : झापामा एक प्रहरी जवानको पोखरीमा डुबेर मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ।

उनी नुहाउन गएका थिए । उनको सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछा पोखरीमा डुबेर प्रहरी जवान गिरीको मृत्यु भएको छ।

कचनकवल वडा नम्बर १ स्थित अवध राजवंशीसहित ८ जनाको लगानीमा बनाइएको माछा पोखरीमा गिरी नुहाउन गएका थिए । नुहाउने क्रममा बेपत्ता भएपछि उनको खोजी गर्दा पोखरीमा मृत अवस्थामा फेला पारिएको थियो। गिरी २०७३ साल भदौ १५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए।