विराटनगर : इटहरीमा ४३ जना सहित प्रदेश १ मा ३९० जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८२ र ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२, झापामा १०१, सुनसरीमा ६१, इलाममा ८, ताप्लेजुङ, धनकुटा र उदयपुरमा २-२, पाँचथर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४४, लेटाङमा १६, पथरीशनिश्चरेमा १५, बेलबारीमा ९, उर्लाबारीमा ५, केराबारीमा ३, धनपालथान, कटहरी र रंगेलीमा २-२, बुढीगंगा, सुन्दरहरैचा, कानेपोखरी र ग्रामथानमा १-१, झापाको बिर्तामोडमा २३, कनकाईमा १७, भद्रपुरमा १४, अर्जुनधारामा ११, शिवसताक्षीमा ९, दमकमा ७, मेचीनगरमा ६, हाल्दिबारी, बाह्रदशी र कमल गाउँपालिकामा ३-३, बुद्धशान्तिमा २, गौरादह र झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा ४३, धरानमा ९, इनरुवामा ३, हरिनगर, बर्जू, रामधुनी, दुहबी, वराहक्षेत्र र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ३, मांसेबुङमा २, चुलाचुली, देउमाई र रोङमा १-१, ताप्लेजुङमा २, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र चौदण्डीगढीमा १-१, पाँचथरमा १, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।