धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मेयर राईले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि स्वरूप पहिलो पटक जनताका प्रतिनिधिमार्फत सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको उल्लेख गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

“सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्नका साथै संविधानमा व्यवस्था भएका स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान जस्ता विषयहरूको कार्यान्वयन गर्न सबैले आ-आफ्नो ठाउँबाट लागि पर्न आग्रह गर्दै यस संविधानलाई अपनत्व लिई हर्षोल्लासका साथ संविधान दिवस मनाउन र दीपावली गर्न समेत अपिल गर्दछु” मेयर राईद्वारा शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

मेयर राईले आफू समेत यस विश्वव्यापी महामारीबाट अछुतो रहन नसकेकोले स्वास्थ्य लाभ गरिरहेको बताउँदै कोरोना महामारी अझै पनि कायमै रहेको हुँदा सबैमा सचेत र सजग रहन पनि शुभकामना सन्देश मार्फत विनम्र अनुरोध गरेका छन् ।

DRN-Subhakamana