इटहरी : कारितास नेपालले इटहरी अस्पताललाई पाँच लाख बयासी हजार बराबरको विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका बिच कारितास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरे।

कारितासले १० थान सेमिफोल्डिङ बेड र म्याट्रेस, १० पिस ब्यालाङ्गकेट, २ सय थान एन नाइन्टिन मास्क, सय प्याकेट सर्किजल मास्क, सय थान पिपिई सेट, ७८ वोत्तल स्यानिटाइजर, २० प्याकेट सर्किजल ग्लोब्स, १ सय ५० वटा एन्टिजेन टेष्टिङ्ग किट, २० वटा पल्स अक्सिमिटर, पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो।

उपप्रमुख लक्ष्मी गौतमले कारितासको सहयोगबाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै धन्यवाद ज्ञापन गरिन।
इटहरी अस्पतालका मेसु डा. योगेश चेम्जोङले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य सामग्रीले महत्वपुर्ण सहयोग पुग्ने बताए।

कारितास नेपालका प्रदेश प्रमुख देवेन्द्र पोखरेलले कारितास विपद्का वेलामा स्थानीय सरकार सँग सँगै रहेको बताउँदै कोभिडसँग जुध्न ११ जिल्लामा १० करोड बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिए।