सुनसरी : सुनसरी वराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ वर्षीय ममनी देवी खत्वेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

हिजो दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक वन्यजन्तु आरक्षणबाट आएको जङ्गली हात्तीले उनिलाई शरीरको विभिन्न भागमा कुल्चिएर घाइते बनाएर हात्ती भागेको थियो ।

घाइते खत्वेलाई स्थानीयले घर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।