सुनसरीमा २०.४ प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको खोप सुनसरीका १२ पालिका मध्ये सबैभन्दा बढी कोरोना संक्रमण इटहरीमा

  • आश्विन ५, २०७८
  • ३५९ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : सुनसरी जिल्लामा अहिलेसम्म जिल्लाको कुल जनसङ्ख्याको २०.४ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाई सकेका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले दिएको जानकारी अनुसार अहिले सम्म सुनसरीमा १ लाख ८८ हजार २ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने यस मध्ये १ लाख ५८ हजार ८ सय ६१ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

यसै गरी नेपाल सरकारको असोज ४ गते देखि १४ गते सम्म भेरोसेल खोप लगाउने अभियान अन्तर्गत सुनसरीमा पनि असोज ११ देखि १४ गते भित्रमा ४५ वर्ष देखि माथिका नागरिकहरूलाई पहिलो मात्रा खोप लगाइने तयारी भएको पनि प्रमुख प्रसाईँले बताए ।

४५ वर्ष देखि माथिका करिब १० देखि १२ हजार सम्मकाले खोप लगाउन छुटाएकाहरूलाई पनि यो अभियानमा खोप लगाइने छ । यस पटक सुनसरीमा ४५ वर्ष देखि माथिको उमेर समूहका ४५ हजार १ सय जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाईदैछ ।

यही असोज ६ देखि ८ गते सम्म धरान र इटहरी उपमहानगरपालिकामा कोरोना विरुद्धको एक्ट्राजेनेका खोप करिब ६ हजार जना विद्यार्थीहरूलाई लगाइने कार्यक्रम तय भएको पनि प्रमुख प्रसाईँले जानकारी दिए ।

सुनसरीका पालिका मध्ये सबै भन्दा धेरै कोरोना सङ्क्रमित इटहरी उपमहानगरपालिकामा भएको देखिन्छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने अहिले सम्म सुनसरीको १२ पालिका मध्ये इटहरीमा १० हजार ३ सय ३६ जनामा कोरोना सङ्क्रमण भएको देखिएको छ ।

यसै गरी धरानमा १० हजार २ सय १ जनामा सङ्क्रमण भएको पाईएको छ । संक्रमणदरलाई हेर्ने हो भने सुनसरीको सबै भन्दा बढी सङ्क्रमित भएको पालिका इटहरी उपमहानगरपालिका भए पनि मृत्युको सङ्ख्यालाई हेर्ने हो भने धरान उपमहानगरपालिकामा धेरै देखिएको छ।

अहिले सम्म धरानमा २ सय १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको तथ्याङ्क छ भने इटहरीमा १ सय ५२ जनाको मृत्यु भएको छ।

सुनसरीमा पछिल्लो समय कोरोना संक्रमणदर घटेको पनि स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ। संक्रमणदर नबढे पनि सङ्क्रमण हुने क्रम जारी रहेकोले सबैलाई स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved