सुनसरी : सुनसरी इटहरी २ बस्ने ४० वर्षीय निरा प्रधानको सडक दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आज बिहान सवा १० बजे इटहरी बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक निरा गम्भीर घाइते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

ठक्कर दिने ट्याक्टर र चालक सुनसरी-७ का ३० वर्षीय कार्तिक ऋषिदेव नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।