विराटनगर : सुनसरीमा २७ जना सहित प्रदेश १ मा ९३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा २२, सुन्दरहरैचामा ३, जहदा, मिक्लाजुङ र बुढीगंगामा १-१, सुनसरीको धरान र इटहरीमा ९-९ , दुहबीमा ४, इनरुवामा ३, वराहक्षेत्र र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुरमा १२, दमकमा ४, बिर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १४३ महिला र १३६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।