चतरा : नेपाली काँग्रेस सुनसरी जिल्ला कार्य समितिका सचिव केदार भण्डारीले प्रचण्ड र माधवलाई बलियो बनाउन खोज्दा सुनसरी काँग्रेसलाई अन्याय भएको बताएका छन् ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ कार्य समितिले सोमबार कालाबञ्जरमा आयोजना गरेको विजय दशमी,शुभ दीपावली , नेपाल संवत् तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भण्डारीले प्रदेश नं १ मा प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालालाई मुख्यमन्त्री बनाउनुपर्ने बेलामा गठबन्धनको नाममा नेताहरूले काँग्रेसी कार्यकर्ताहरूलाई अन्याय गरेको बताए ।
फरक प्रसङ्गमा भण्डारीले प्रदेश सभा, क्षेत्र , जिल्ला तहको नेतृत्व चयन गर्दा कामको मूल्याङ्कन गरेर मतदान गर्न उनले आग्रह समेत गरे । उनले भन्ने गफ गर्नेलाई भन्दा काम गर्नेलाई चुनौँ । वहकाब , भुलभुलैया , खुवाइ पियाइमा गरेर चुनाव जित्छु भन्नेलाई पराजित गर्नु पर्ने बताए ।

कार्यक्रममा अतिथि जिल्ला सचिव सुजेन्द्र तामाङ, महा– समिति सदस्य उमेश थापा, जिल्ला सदस्य राजदिप लामा, माधव घिसिङ , नेपाली काँग्रेस धरानका निवर्तमान सभापति एव धरान उपमहानगरपालिकाका मेयर तिलक राई , धरान नगर सभापति श्याम पोखरेल , नेपाली काँग्रेस वराहक्षेत्र नगरका निवर्तमान सभापति नारायण नेपाल , बीपी चिन्तन प्रतिष्ठानका सभापति आनन्दप्रसाद आचार्य , नेपाली काँग्रेस वडा नं ५ का सभापति दिलबहादुर पौडेल, काङ्ग्रेसबाट वराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख उम्मेदवार पूजा धामी, धरानकी श्यामा रेग्मी , नेबिसंघ सुनसरी सह-सचिव राजेन्द्र खड्का र महेन्द्र बहुमुखी क्याम्पसका नेविसंघका नेता दोर्चि शेर्पा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दसैँ तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा काँग्रेसको नेतृत्व, अधिवेशन र आगमि निर्वाचनको विषयमा बिचार विमर्श भएको थियो । वक्ताहरूले वडामा र नगरको सम्पन्न अधिवेशनमा कसैको जित हार नभएको र स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारले जिताउन सके मात्र नव निर्वाचित समितिको जित हुने बताएका थिए । कार्यक्रममा वडा सभापतिहरू, काँग्रेसका क्षेत्रीय प्रतिनिधि, भातृ संस्थाका पदाधिकारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस सुनसरी १ प्रदेश सभा २ का सभापति मुरारी भट्टराईको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत भाषण नेपाली काँग्रेस वराहक्षेत्रका निवर्तमान सह-सभापति जगतबहादुर कार्कीले राखेका थिए ।