धरान : धरानको विजयपुरमा रहेको दन्तकाली मन्दिरमा आज धूमधामले हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने तयारी भएको छ ।

मन्दिर व्यवस्थापन समिति र धरान १४ वडा कार्यालयको समन्वयमा आज फूलपाती धूमधामले भित्र्याइने तयारी पुरा भएको दन्तकाली मन्दिरका पुजारी कमल भट्टराईले बताए ।

Dantakali-Nauratha-2

दन्तकाली मन्दिर कोरोना महामारीका कारण दुई वर्ष बन्द रहेकोले मानिसको ठुलो जमघटमा फूलपाती भित्र्याइएको थिएन । तर यस पटक स्वास्थ्य सतर्कताका साथ धूमधामले फूलपाती भित्र्याइने १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

उनका अनुसार आज दिउसो १ बजे मन्दिरबाट बाजागाजा सहित सुरु भएर फूलपाती उत्सव बुढासुब्बा मन्दिरमा पुग्ने र बुढासुब्बाबाट नयाँ टोल हुँदै गणेश चौकबाट पिण्डेश्वर मन्दिर पुग्ने छ । पिण्डेश्वर मन्दिर परिसरमा रहेको बेलको रुखमा पुगेर नवपत्रिकाको नामले चिनिने फूलपाती नौ वटी देवीको प्रतीकका रूपमा डाडागाउँ हुँदै दन्तकाली मन्दिरमा भित्र्याउने बताइएको छ ।

Dantakali-Nauratha-4

विगत २ बर्ष सम्म हर्ष बढाईका साथ फुलपाती नभित्र्याईएको दन्तकालीमा यसपटक भने विषेश तरिकाले भित्र्याईने बताईएको छ । यसका लागि सुरक्षा व्यवस्था पनि ब्यवस्थित बनाईएको बताईएको छ ।

Dantakali-Nauratha-6 Dantakali-Nauratha-3 Dantakali-Nauratha-5