धरान : हङकङ नेपाली महासङ्घद्वारा आयोजित विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न भएको छ ।

हङकङका लागि नेपाली महावाणिज्यदूत उदय बहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व महासङ्घका अध्यक्ष टङ्क रानाले गरेका थिए ।

जोर्डनस्थित ब्लु ओसिएन रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि, सभापति लगायत विशेष अतिथिहरुद्धारा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेसँगै महासङ्घको अफिसियल्लि वेबसाइट डब्लुडब्लुडब्लु डट एचकेएनएफ डट ओआरजीको समेत उद्घाटन गरिएको थियो । महासङ्घका अध्यक्ष टङ्क रानाको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान समारोहमा महासङ्घको अफिसियल वेबसाइट डब्लुडब्लुडब्लु डट एचकेएनएफ डट ओआरजी को शुभारम्भ पनि गरिएको थियो ।

उक्त अवसरमा अध्यक्ष रानाले नेपाली संघ संस्थाहरूको छाता सङ्गठनका रूपमा रहेको महासङ्घले सिएसटीएन प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवाहरू दिँदै आएको जानकारी बताए । उनले महासङ्घले अल्पसङ्ख्यक नेपाली समुदायले भोगिरहेको विभिन्न समस्या र चुनौतीको सामना गर्न र समाधान गर्न हङकङ सरकार समक्ष विभिन्न माग रहेको र सरकारले पनि क्रमशः समाधान गर्दै जाने आश्वासन दिएको बताए ।

उनले सरकार सँग हङकङमा बस्ने नेपालीहरू मृत्यु भएका बेला जमिनमा राख्नका लागि सिमेट्री (समाधि स्थल), नेपालीहरूका लागि सामुदायिक क्लब भवन, चिनिया भाषामा दख्खल नभएपनि सरकारी स्तरबाट रोजगारी दिलाउनु पर्ने लगायत विषयमा औपचारिक रूपमा माग राखेको बताए । हङकङमा हाल करिब ४५ हजार नेपालीहरू त्यहीको परिचयपत्र (नागरिकता) लिएर बसेका छन् ।

नेपाली संघ संस्थाहरूको छाता सङ्गठनका रूपमा रहेको महासङ्घले सि।एस।टी।एन। प्रोजेक्ट मार्फत नेपाली समुदायलाई विभिन्न सेवाहरू दिँदै आउनुका साथै नेपाली समुदायका विभिन्न समस्याहरू हङकङ सरकारमा राख्दै निरूपण समेत गर्दै आइरहेको छ भने केही पहिले नेपालमा आएको कोरोनाको दोस्रो लहरले ठुलो जनधनको क्षति भइरहँदा देशका ७७ वटै जिल्लाहरूमा ठुलो परिमाणमा अक्सिजन कन्सन्ट्रटेर लगायत स्वास्थ्य सामाग्रीहरू आफैले ढुवानी गरेर वितरण समेत गरेको थियो ।

महासङ्घका महासचिव नवीन सुहाङद्धारा सञ्चालन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि उदय बहादुर राना मगर, सभापति टङ्क राना, एन।आर।एन।ए।का अध्यक्ष गोकर्ण ढकाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्षमा कृष्णराज लावती, च्याम्बर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, महासङ्घका सल्लाहकारहरू हेजेन राई, प्रदीप थापा, रिता गुरुङ, हेम लिम्बु, हर्क राना लगायत कार्यक्रममा उपस्थित महासङ्घ अन्तर्गतका विभिन्न जातीय तथा क्षेत्रीय सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुद्धारा एक-आपसमा शुभकामना आदानप्रदान गरिएको थियो । सोही क्रममा गत हप्ता मात्रै मगर संघ हङकङको अध्यक्षमा निर्वाचित महासङ्घका सल्लाहकार समेत रहेका हर्क रानालाई महासङ्घ तथा उपस्थित सङ्घसंस्थाको तर्फबाट खदा लगाएर सम्मान समेत गरिएको थियो ।