चतरा : वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको दुर्गाकाली मन्दिरमा फूलपाती भित्र्याइएको छ।

विजया दशमीको सातौँ दिन मङ्गलवार धूमधामले फूलपाती भित्र्याइएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष ईनु अधिकारीले बताइन् ।

दिउसोको साढे ३ बजे मन्दिरबाट बाजागाजा सहित सुरु भएर फूलपाती उत्सव बुधबारे चौक, बसपार्क , मुनाल चौक, महेन्द्र गेट, पानी टङ्की हुँदै चक्रघट्टि परिक्रमा गरिएको थियो।

दुर्गाकाली मन्दिर परिसरमा राखेको फूलपाती नौ वटी देवीको प्रतीक बजार परिक्रमा गरी मन्दिरमा भित्र्याइएको थियो ।

सोही दिन दुर्गाकाली मन्दिर परिषद्को सभा हल समेत उद्घाटन गरिएको छ। भवनको उद्घाटन प्रदेश नं १ का निवर्तमान मन्त्री माननीय जगदीशप्रसाद कुशयतले गरेका थिए