धरान : सुनसरीमा चाडपर्वलाई लक्षित गरेर १ हजार २७ जना प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार सादा पोसाक, पिकेट टोली, पैदल गस्ती, सप्राइज चेकिङ, राजमार्ग सुरक्षा, ट्राफिक व्यवस्थापन, धार्मिक क्षेत्रको सुरक्षा र व्यवस्थापन, यातायात सुरक्षा र व्यवस्था र विभिन्न सरकारी कार्यालयको सुरक्षा गरी जिल्लाभर १०२७ जना प्रहरी परिचालन गरिएको छ।

चाडपर्वको बेलामा हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि गएको असोज १ गते देखिनै यो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । धरानमा मात्रै १६० जना प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।