धरान : धरानबाट पहाडी क्षेत्र जाने सवारी साधनमा अहिले यात्रुको चाप बढेको छ ।

आज बिहानै धरानको भानुचौकमा पहाडी क्षेत्र जाने बसस्टेनमा यात्रुको निकै बाक्लो भिड देखिएको छ। कोरोना महामारी कायमै रहेको र संक्रमणदर केही कम भएको बेलामा आएको यो दसैँमा देश विदेशमा रहेका र टाढा टाढाबाट वर्ष दिनमा एक पटक परिवारसँग भेटघाट गर्न घर फर्किनेको घुइँचो बढेको हो ।

Ghar-Farkine-ko-Ghuicho-8

घटस्थापनाको केही दिन अघि देखि धरानको भानुचौकबाट पहाड जाने यात्रुवाहक बसमा यात्रुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक भुवनबाबु खडकाका अनुसार लामो दुरीमा चल्ने सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने र सामाजिक दुरी अनिवार्य कायम गर्न गराउन यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।

Ghar-Farkine-ko-Ghuicho-4

यात्रुलाई मध्यनजर गरेर धरानको भानुचौकमा यात्रु सहायता कक्ष मार्फत सर्वसाधारणलाई सेवा प्रवाह गर्दै गरिएको प्रमुख खडकाले बताए । सुनसरीको कोसी कटान क्षेत्रमा आरसिसी मार्फत सवारी चेक जाँच गर्ने र लामो दुरीका यात्रुवाहक सवारी साधनमा दुई जना चालक छ की छैन भनेर अनुगमन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Ghar-Farkine-ko-Ghuicho-6

चाडबाडमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी ट्राफिक प्रहरीले पनि विभिन्न रणनीति अपनाएर सवारी चेक जाँच गर्ने गरेको छ । जस अन्तर्गत सुनसरी जिल्लाका विभिन्न स्थानमा तीनकुने र इनरुवा लगायतमा राडरगन सहित सवारीको स्पिड परीक्षण गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक भुवनबाबु खडकाले बताए ।

Ghar-Farkine-ko-Ghuicho-1 Ghar-Farkine-ko-Ghuicho-2 Ghar-Farkine-ko-Ghuicho-3 Ghar-Farkine-ko-Ghuicho-7 Ghar-Farkine-ko-Ghuicho-10