विराटनगर : धरानमा ३ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा सङ्क्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ११, धरानमा ३ र रामधुनीमा १, मोरङको विराटनगर र सुन्दरहरैचामा २-२, झापाको भद्रपुर र मेचीनगरमा १-१ र उदयपुरको उदयपुरगढीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५७ महिला र ६२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।