झापा : झापाको भद्रपुर नगरपालिका-४ रंगेडाडामा सेप्टी टेयाङकीको गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल यात्री भद्रपुर नगरपालिका-६ का ६० वर्षीय महेश सिंह राजवंशी रहेका छन् । आज दिउसो ११ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेप्टी टेयाङकीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजबशीको उपचारको लागी ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ मृत्यु भएको छ ।

गाडी र चालक भद्रपुर नगरपालिका-१० का २१ वर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।