धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका ७ सङ्गम चौकका ४७ वर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको छ ।

आज बिहान बराहक्षेत्र नगरपालिका ८ मा रहेको जङ्गलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडी घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।