धरान  : धरान उपमहानगरपालिकाको नयाँ भवनको छतबाट एक युवाले आज साँझ हाम फालेका छन् ।

उनको अवस्था गम्भीर रहेको बताइएको छ । आज दिउसो धरान उपमहानगरपालिकामा भएको मौलो पूजामा सहभागी हुन आएका धरान १५ का र हाल धरान १ पुरानो अस्पताल हाता भित्र बस्ने २३ वर्षीय अमृत मरिकले तीन तला माथिबाट हाम फालेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

दशैंको बिदा भएकोले आज मौलो पूजाका लागि नगरपालिकामा कर्मचारीहरू आउनेक्रममा कर्मचारीकै आफन्त उनी के कारणले किन तीन तला माथिबाट हाम फाले ? यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तीन तला माथिबाट हाम फालेका ती युवाको खुट्टामा गम्भीर चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचार भइरहेको छ ।