चतरा : नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्य समितिका सभापति रमेश कार्कीले बडा दसैँ, तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति कार्कीले एक शुभकामना सन्देश जारी गर्दै नगरवासी, देश तथा विदेशमा रहेका नेपाली, पार्टीका क्रियाशील सदस्य , भातृ तथा सुवेच्छुक संस्थाका नेताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन ।

उनले विश्वभरि नै महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले सृजना गरेको विषम परिस्थितिमा संयमता र सजगताका साथ सुरक्षित भई चाडपर्वलाई आ–आफ्नो परिवारसँग बसेर मनाउन पनि अनुरोध गरेका छन् ।

Subhakamana-p