विराटनगर : प्रदेश १ मा कोरोना सङ्क्रमणबाट हालसम्म २ हजार ८८ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७०६ महिला र १ हजार ३८२ पुरुष रहेका छन् ।

प्रदेश १ मा आज १३० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५९ महिला र ७१ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनसरी, झापा र इलामका १-१ जना रहेका छन् । 

प्रदेश १ मा आज २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । २६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा १-१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षणबाट १ लाख ५ हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा हालसम्म पीसीआर र एन्टिजेन दुवै गरी ६ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।