धरान : धरान उपमहानगरपालिकामा कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा आज र भोलि लगाइँदै छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार आज वडा नं १ देखि १० सम्म र १६ नं वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाइनेछ ।

यसै गरी मङ्सिर ३ गते भोलि वडा नं ११ देखि १५ र वडा नं १७ देखि २० सम्म दोस्रो मात्राको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ ।

बिहान १० बजे देखि दिउसो ४ बजे सम्म सञ्चालन हुने सो खोप अभियानमा यस पटक धरानमा ९ हजार डोज खोप धरान उपमहानगरपालिकालाई उपलब्ध भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।