विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ५, सुनसरी र प्रदेश १ बाहिरका ३–३ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको अर्जुनधारा, मेचीनगर, कनकाई, बिर्तामोड, गौरादह, कमल र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ३, रंगेली र कटहरीमा १-१, सुनसरीको इटहरीमा २ र इनरुवामा १ र प्रदेश १ बाहिरका ३–३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २० महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।