झापा : झापाको दमक नगरपालिका-४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगद सहित ६ जना जुवाडेहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-६ का ६६ वर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका-३ का ४५ वर्षीय सोनी तामाङ, होटल सञ्चालक दमक नगरपालिका-४ का ४७ वर्षीय शेर बहादुर कार्की, सोही स्थानका ५३ वर्षीय रेवत बुढाथोकी, ४६ वर्षीय चेत बहादुर कुँवर र दमक नगरपालिका-९ का ४६ वर्षीय रविन श्रेष्ठ रहेका छन् ।

गए राती साढे १० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५६ हजार ३५०, एक बुङ तास सहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।