धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मङ्सिर ७ गते हुन गइरहेको सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा निवर्तमान नगर सभापति तिलक राईले क्षेत्रीय सभापति पदको उम्मेदवार फिर्ता लिएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

सोमबार धरानका मेयर समेत रहेका राईले आफूले क्षेत्रीय सभापति पदको उम्मेदवार फिर्ता लिएको औपचारिक रूपमा जानकारी गराएका थिए । स्थानीय पार्टीको भूमिका निर्माण गर्ने क्रममा सबैको सल्लाह सुझाव अनुसार मङ्गलवार सम्पन्न हुने क्षेत्रीय अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी रहेको जानकारी दिएका छन् ।

उनले पार्टीका शुभचिन्तक, शुभेच्छुक, सहकर्मी, अग्रज नेता लगायत क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरूको सल्लाह र मनोविज्ञानलाई ध्यानमा राखेर मैले क्षेत्रीय सभापति पदको उम्मेदवारीको दाबीलाई फिर्ता लिने निर्णय गर्न पुगेको बताए ।

‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मङ्सिर ७ गते हुन गइरहेको सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा मैले आफूलाई क्षेत्रीय सभापतिको उम्मेदवारको रूपमा उभ्याउँदै आइरहेका थिए । उनले आज एक विज्ञप्ति जारी गरी साथीहरूको साथ समर्थन, सल्लाह, सुझावहरू प्राप्त भइरहेकै थियो ।

स्थानीय नेता क्षेत्रीय सभापतिको उम्मेदवार पूर्ण सुवेदीको समूह समेतको समर्थन र सहकार्यमा मेरो उम्मेदवारी अगाडी बढ्ने क्रम जारी रह्यो । त्यो समर्थन र सहकार्यको निम्ति आदरणीय नेता पूर्ण सुवेदी ज्यू लगायत वहाँको सम्पूर्ण टिमलाई आभार प्रकट गर्न चाहन्छु’ विज्ञप्तिमा भनिएको छ ।

उनले आफ्नो निर्णयलाई पार्टी पङ्क्तिले एउटा सशक्त पार्टी निर्माण र एकताको निम्ति सकारात्मक रूपमा लिने समेत विश्वास लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Bigyapti 1