धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज क्षेत्रीय कार्यसमितिको नेतृत्व चयनका लागी अहिले निर्वाचन हुदैछ । जस अन्तर्गत सुनसरी क्षेत्र नं १ को नेतृत्व चयन गर्न धरान ८ स्थित सभागृहमा बिहान ९ बजे देखि मतदान सुरु भएको छ ।

Congress-Matadan-6

क्षेत्रीय कार्यसमितिका लागि निर्वाचनमा संस्थापन देउवा समूह र इतर पौडेल कोइराला समूहले प्यानल बनाएर हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । संस्थापन समूहबाट सभापतिमा महिला नेतृ लक्ष्मी खतिवडाको नेतृत्वमा प्यानल उम्मेदवारी छ भने इतर समूहबाट सुजेन्द्र तामाङको नेतृत्वमा प्यानल उम्मेदवारी दर्ता भएको छ ।

Congress-Matadan-8

जम्मा ६३२ जना मतदाता रहेको मतदान आज दिउसो ३ बजे सम्म सञ्चालन हुने नेपाली काँग्रेस धरान उपमहानगरका सभापति श्याम पोख्रेलले जानकारी दिएका छन् । उत्साहजनक तथा सौहर्दपुर्ण वातावरणमा अहिले मतदान भइरहेको बताइएको छ ।

Congress-Matadan-1 Congress-Matadan-2 Congress-Matadan-3 Congress-Matadan-7 Congress-Matadan-4