धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बुद्धशान्ति र कनकाईमा ६-६, मेचीनगरमा ३, दमक र झापा गाउँपालिकामा २-२, गौरादह, भद्रपुर, हाल्दिबारी र शिवसताक्षीमा १-१, सुनसरीको धरानमा ८ र इटहरीमा ५, मोरङको विराटनगरमा ४, उर्लाबारी र रंगेलीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको कटारी, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३ महिला र २० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।