धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को निर्वाचनको ३ सय मत गणना हुँदा क्षेत्रीय सभापतिमा सुजेन्द्र गोले ९८ मतले अगाडी छन् ।

धरान-८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनाको ३ सय मत गणना हुँदा संस्थापन इतरबाट सभापतिका उम्मेदवार सुजेन्द्र तामाङले १९७ मत ल्याएर अगाडी छन् भने उनका प्रतिस्पर्धी संस्थापन देउवा समुहका उम्मेदवार लक्ष्मी खतिवडाले ९९ मत पाएकी छिन् ।

यसै गरी महाधिवेशन प्रतिनिधि तर्फ जनजातिमा सुवास राई, रोहित सुब्बा र रवि कुमार राईको अग्रता रहेको छ । यसै गरी दलित तर्फबाट सन्तोष विक अगाडी छन् भने मधेसीमा राजु शाह अगाडी रहेका छन् ।

यसै गरी महाधिवेशन प्रतिनिधितर्फ १५० मत गणना हुँदा पर्वत राई ६३ मत, चन्द्रप्रसाद श्रेष्ठ ६२, उमेश थापा ६२, तिलक राई ५९, चन्द्रशेखर लामा ५७, सन्दीप श्रेष्ठ ४८, विकास आचार्य ३९, तुलसी गौतम ३९, विनोदकुमार राई ३३ र सुरेशमान श्रेष्ठले ३२ मत प्राप्त गरेका छन् ।

Congress-Mat-Garana