धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित भएका छन् ।

तामाङले १६८ को भारी मतान्तरले उनका प्रतिस्पर्धी देउवा समूहका उम्मेदवार लक्ष्मी खतिवडालाई पराजित गरी ३८३ मत ल्याएर विजयी भएका हुन् ।

यसै गरी क्षेत्र नं. १ को सचिवमा केशव पुरीले ३२१, महेन्द्र प्रधानले ३६४ मत प्राप्त गरेर विजयी भएका छन् । यसै गरी सह सचिवमा भोजराज न्यौपाने र सुमित राईले बराबरी मत ३७२ ल्याएर विजयी भएका छन् ।

Mat-Parinam