धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ मा पौडेल-कोइराला समूहको वर्चस्व देखिएको छ। मंगलबार सम्पन्न सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा संस्थापन इतर पौडेल-कोइराला समूहका सुजेन्द्र तामाङको प्यानल विजयी भएको छ।

धरान-८ सभागृहमा सम्पन्न क्षेत्र नं. १ निर्वाचनमा पौडेल कोइराला समूहबाट सभापति उम्मेदवार तामाङले देउवा पक्षका सभापतिका उम्मेदवार लक्ष्मी खतिवडालाई १७८ मतको भारी अन्तरले पराजित गर्दै तामाङले ३९३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी उम्मेदवार लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित भए ।

यसैगरी सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भएका छन्। सचिव पदमा खतिवडा प्यानलका उम्मेदवार देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत मात्रै पाए। यस्तै सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवार नवीन ढकालले १६१ र नारद राईले २०७ मत मात्र पाएर पराजित भए।

यसैगरी सुनसरी क्षेत्र नं. १ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा प्रत्यक्ष महिला तर्फ आराध्यदेवी राई ३७०, प्रत्यक्ष खुल्ला तर्फ उमेश पौडेल ४५८, आशिष कटुवाल ४५२, सम्पूर्ण ताम्राकार ३९८ मतका साथ विजयी भएका छन्।

यस्तै खस आर्य तर्फ लोकमणि शर्माले ३७७ मतका साथ विजयी भएका छन्। यस्तै आदिवासी जनजाति महिला तर्फ पुष्पा राई र शोभा पुलामी निर्विरोध निर्वाचित भएका छन्। आदिवासी जनजाति खुल्ला तर्फ अतुल श्रेष्ठ ४०६ र मच्छिन्द्र राईले ३६५ मत प्राप्त गरेर विजयी भएका छन्। दलित तर्फ किशोर विश्वकर्मा र अल्पसङ्ख्यकबाट प्रदीप राई नाछिरिङ निर्विरोध निर्वाचित भएका छन्।

केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष महिलातर्फ चित्रकुमारी राई ३५८, निल कुमारी गिरी ४००, ममता तामाङ मगर २८७ र श्यामा रेग्मीले ३२६ मत ल्याएर विजयी भएका छन्। यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला तर्फ उमेश थापा ३८७, पर्वतकुमार राई ३६७, चन्द्रशेखर लामा ३५६, चन्द्रप्रसाद श्रेष्ठ ३४६, तिलक राई ३२९, सन्दीप श्रेष्ठ २७१, तुलसीप्रसाद गौतम २३८, विकास आचार्य २३५, दिपेशजंग बस्नेत २१० र विनोदकुमार राई २०७ मत ल्याएर विजयी भएका छन्।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि आदिवासी जनजाति महिला तर्फ कृष्णकला लिम्बु ३९२, निर्मला शाक्य ३७५ र पुजा कुमारी धामी ३४१ मत ल्याएर विजयी भएका छन् । आदिवासी जनजाति खुल्ला तर्फ सुवास राई ४४७, रोहित सुब्बा ३९३ र रविकुमार राई ३८५ मत ल्याएर विजयी भएका छन् । खस आर्य महिला तर्फ ललिता शर्मा ३१९, खस आर्य खुल्ला तर्फ जगतबहादुर कार्की ३०८, मधेसी खुल्ला तर्फ राजु शाह २९३, दलित खुल्ला तर्फ सन्तोष विश्वकर्मा ३१९, अल्पसङ्ख्यक, मुस्लिम अपाङ्ग खुल्ला तर्फ अनिल अग्रवाल प्रिन्स विजयी भएका छन् ।

काँग्रेसको सुनसरी क्षेत्र नं.१ बाट निर्वाचित केही मध्ये संस्थापन इतर पौडेल कोइराला समूहको बर्चस्व देखिएको छ। सुनसरी क्षेत्र १ मा ११ औँ महाधिवेशन देखि संस्थापन इतर पौडेल कोइराला समूहको वर्चस्व कायम रहेको हो।

Bijaya-huneko-Nam Bijaya-huneko-Nam-1 Bijaya-huneko-Nam-2