धरान : झापाको दमक नगरपालिका-५ का टेक बहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय टेक बहादुर कार्की, सोही स्थानका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सूर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, दमक ८ का २९ वर्षीय प्रदीप थापा र कमल गाउँपालिका ५ का ३० वर्षीय सुरेश सुब्बा रहेका छन् ।

हिजो बेलुका साढे ३ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तिन बुङ तास र नगद २९ हजार ७४५ रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।