झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • मंसिर ८, २०७८
  • ६७ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : झापाको कनकाई नगरपालिका-३ पवित्रा पेट्रोल पम्प स्थित पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा कनकाई नगरपालिका-६ का ६० वर्षीय कविराज बोहोरा रहेका छन् । हिजो दिउसो २ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाइकललाई सोही दिसा पछाडिबाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाइते भएका बोहोराको विएण्डसी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो । सो दुर्घटनाबाट बोलेरोमा सवार ४ जना यात्री समेत घाइते भएका छन् घाइतेहरूको बिर्तामोडको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बोलेरो र चालक इलाम देउमाई नगरपालिका १ का २७ वर्षीय निमेष गुरुङ इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved