प्रदेश १ मा आज ३७ जनामा कोरोना सङ्क्रमित थपिए

  • मंसिर ८, २०७८
  • १२२ पटक पढिएको
alt

धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना सङ्क्रमण भएको छ।

४४३ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १२, झापा र सुनसरीमा १०-१०, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९, उर्लाबारी, सुन्दरहरैचा र ग्रामथानमा १–१, झापाको बिर्तामोडमा ४, भद्रपुरमा २, हाल्दिबारी, कनकाई , बाहृदशी र मेचीनगरमा १–१, सुनसरीको धरानमा ४, बर्जू, भोक्राहानरसिंह, रामधुनी, गढी, इटहरी र दुहबीमा १–१, भोजपुरको ट्याम्केमैयुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved