इटहरी : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन अनिश्चीतकालकालागी स्थगित भएको छ । केन्द्रीय उपसभापति विजय कुमार गच्छदारको दबाबमा निर्वाचन कार्यक्रम रोकिएको हो । आफू निकट उम्मेदवार पराजित हुने भएपछि बारम्बार निर्वाचन कार्यतालीका प्रभावित पारेका उनले अनिश्चीतकालकोलागी अधिवेशन स्थगित गर्न निर्देशन दिएका छन् । उनकै निर्देशन बमोजिम निर्वाचन समितिले अधिवेशनको कार्यतालीका रोकेको हो ।
अनिश्चितकालकालागी अधिवेशन स्थगित भएपछि केही दिनमा नयाँ कार्यतालीका आउने भएको छ । जसमा सहमति भएको भनिएका नामहरू टाँसिने सम्भावना बढेको छ । लिस्ट बढारे निर्वाचन गर्दा सहमतिमा भएका उम्मेदवार पराजित हुने भए पनि अधिवेशन स्थगित भएको हो । सहमति भएको भनिएका उम्मेदवार पराजित हुने डरले अधिवेशन स्थगित भएको हो ।
७ गते हुने भनिएको अधिवेशन सहमतिको लागी भन्दै ८ गते सारिएको थियो । ८ गते कुनै सहमति नभएपछि ९ गते बिहान ९ बजे देखी निर्वाचन हुने निर्वाचन समितिले सूचना प्रकाशित गर्यो । बिहानै मतदान स्थल पुगेका कार्यकर्ता १२ बजेसम्मपनि मतदान गर्न नपाएपछि आन्दोलनमा उत्रिएका थिए । टिकेप्रथा मुर्दावाद, कोठे सहमति मान्दैनौ भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
कोठामा सहमति गरेर नाम मात्रको निर्वाचन गर्ने र लिस्टमा भोट हाल्न लगाउने प्रवृत्तिको विरुद्ध आवाज उठाएको क्षेत्रीय सचिवका उम्मेदवार विजय केसीले बताए । टिकेप्रथा अन्त्य गरी लोकतान्त्रिक विधिबाट पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि छनौट गर्नुपर्ने उनको माग छ । निर्वाचनमा धाँधली हुने भन्दै उनीहरूले अधिवेशन सार्न निर्वाचन समितिलाई ज्ञापन पत्र बुझाए । नाम मात्रको निर्वाचन गर्ने भन्दा स्वच्छ प्रतिस्पर्धाबाट प्रतिनिधि चयन गर्नुपर्ने उनीहरूले आग्रह गरेका छन् ।
यी हुन् महाधिवेशन प्रतिनिधिमा सहमति भएको नाम
खुल्ला १० को लागी अगमलाल चौधरी, कुमार जङ्ग थापा, डिल्लीराम दाहाल, ज्योति कोइराला, वेदनारायण गच्छदार, भरत कुमार गौली, महेश प्रसाद बास्तोला, महेश दत्त, रघुनन्दन चौधरी, रोहित प्रसाद प्रसाईँ, रेशमलाल चौधरी रहेका छन् ।
त्यस्तै मधेसी खुल्लामा सपन कुमार दासको नाममा सहमति जुटेको छ । दलित खुल्ला तर्फ कृष्ण कुमारी विश्वकर्मा, थारु महिलामा सुनिता गच्छदार, मुस्लिम खुल्लामा गुलाबी मियाँ को नाममा सहमति भएको हो । 
महिला खुल्ला तर्फ गोमा पराजुली, दिलमाया डाँगी, विमला कुमारी श्रेष्ठ र सिता भुसाल छन् । खस आर्यमा शिव प्रसाद दंगालको नाममा सहमति जुटेको छ ।
आदिवासी महिलामा पंक्षी वाइबा र मधेसी महिलामा सुनीदा दाहाल (शाह) को नाम सहमतिको लिस्टमा समावेश गरिएको छ । सोही सहमतिको लिस्टमा नपरेका र चुनावमा जित्ने सम्भावना भएका उमेद्धवारले विरोध जनाएका छन् ।
गच्छदारले भने क्षेत्रीय सभापतिमा संस्थापन इतर पक्षका मेहेदी हुसेनको नाममा सहमति गरेका छन् । हुसेनलाई सभापति बनाएर अधिकतम महाधिवेशन प्रतिनिधि उनले लिएका छन् । निर्वाचन भए पराजित हुने अनुहारहरू सहमतिको लिस्टमा समावेश गरिएको छ । अघिल्ला अधिवेशनमा पराजित भएका र पार्टी सङ्गठनमा नलागेका पुराना नेताहरूलाई अटाउन उनले कोसिस गरेका छन् ।
निर्वाचन समितिले मुचुल्का गर्न तथा अन्य कार्यको लागि उम्मेदवार अनुपस्थित भएको भन्दै अनिश्चित कालको लागी निर्वाचन स्थगित गरेको छ । अर्को सूचना नआएसम्म सबै कार्यक्रम स्थगित गर्ने निर्वाचन समितिले जनाएको छ ।
लामो समय देखी घरैमा कार्यकर्ता भेला पारेर सहमति गराउन खोजेका उनी असफल हुँदै आएका थिए। क्षेत्रीय प्रतिनिधिमै कमजोर भएका गच्छदारले सहमतिको नाममा एकलौटी गर्ने योजना बनाएका छन्।
 
  
 
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        