धरान : छथरे समाज धरानको पाँचौँ अधिवेशन देवकुमार लिम्बु पारघरीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ ।

शनिवार धरान १५ स्थित समाजको सभा हलमा भएको पाँचौँ अधिवेशनले उपाध्यक्षमा रामप्रसाद लिम्बु, महासचिवमा नगेन्द्र बहादुर लिम्बु, सचिवमा आनन्दी राई लिम्बु र कोषाध्यक्षमा कुइन्द कुमार लिम्बुलाई चयन गरेको छ ।

यसै गरी सदस्यहरूमा डेगमान लिम्बु, चूडामणि लिम्बु, निरबहादुर लिम्बु, भिमकुमार लिम्बु, अमृता तिलिङ चोङबाङ र जीवन लिम्बुलाई चयन गरेको छ ।

समाजले धरान १५ मा आफ्नो कार्यालय स्थापना गरी धरानमा विभिन्न सामाजिक सेवा गर्नुका साथै लिम्बुवानको छथर क्षेत्रका ऐतिहासिक महत्त्व बोकेका स्थान र संस्कार संस्कृतिको खोज अनुसन्धान र प्रवर्द्धन गर्दै आएको छ ।