धरान : आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० वर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ ।

कुटपिटमा संलग्न रहेका ५५ वर्षीय बातियो उराव र ३० वर्षीय रिता उरावलाई पक्राउ गरिएको छ ।

गत मङ्सिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी वादविवाद हुँदा आमा र बहिनीले बाँसको लाठीले टाउकोमा प्रहार गर्दा घाइते भएका राजेन्द्रको नोबेल अस्पताल विराटनगर उपचारको क्रममा गए राती सवा १० बजे मृत्यु भएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।